विराटनर- कोरोना भाइरस संक्रमणका कारण बीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जनाको मृत्यु भएको छ ।
सप्तरीको राजविराज ३ का ७० वर्षीय र मोरङको कानेपोखरी १ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो।
कानेपोखरीका पुरुष प्रतिष्ठन मै आन्द्राको क्यानसरको उपचार गराइरहेका थिए । क्यानसर उनको शरिर भरि फैलीसकेको अस्प्तालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।
अर्का पुरुषमा भने अन्य रोगको बारेमा कुनै जानकारी नभएको उनले बताएका छन्।
सप्तरीका पुरुषमा भदौ २५ गते कोभिड १९ संक्रमण पुष्टि भएपछि गजेन्द्र नारायण सिंह अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो। मृतकमा ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाइ र निमोनियाको लक्षण पनि देखिएको थियो। उपचारको क्रममा उनको असोज ८ गते राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
मोरङका कानेपोखरीका पुरुषको असोज ८ गतै नै साढे आठ बजे राति मृत्यु भएको अस्पतालले जनाएको छ।






