Home / Nepal / News / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई करोड २४ लाखका गहनासहित दुईजना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई करोड २४ लाखका गहनासहित दुईजना पक्राउ

काठमाडौं : मंगलबार काठमाडौंबाट विराटनगर जान लागेका दुई यात्री दुई करोड २४ लाखभन्दा बढी रुपैयाँ बराबरका गहनासहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२ का ४७ वर्षीय मुरारीराज अधिकारी छन्।

प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्री एयरलाइन्सको उडानद्वारा मुरारीराजले लिई आएको ब्यागेजहरूबाट सुनका गरगहना बरामद भएका हुन्। बरामद भएका गहनाको तौल तीन हजार ३६० ग्राम र बजार मूल्य दुई करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबर भएको प्रहरीले जनाएको छ ।

सुनका गरगहनाहरू आवश्यक प्रक्रिया पूरा नगरी लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले बुधबार जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *