Home / Nepal / नयाँ चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ आज रिलिज

नयाँ चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ आज रिलिज

काठमाडौं : चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ आज रिलिज भएको छ। चैत ७ गतेबाट बन्द रहेको चलचित्र घरमा आज पहिलोपटक नयाँ नेपाली चलचित्र रिलिज भएको हो। पुस १० गते दुई नेपाली चलचित्र रिलिज भए पनि ती दुबै चलचित्र पुराना थिए। दिपेश सापकोटाले निर्देशन गरेको चलचित्र आजबाट प्रदर्शनमा आएको हो।

एउटा यस्तो प्रेम कहानी’ मा शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला, आयुष्मान देशराज जोशी, कविता मानन्धर, शक्ति श्रेष्ठ लगायत कलाकारको अभिनय छ।

सरकारले सिनेमा हल खोल्ने निर्णय गरेसँगै शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र आजबाट प्रदर्शनमा आएको हो।

यो सिनेमाले पीजी सर्टिफिकेट पाएकोले १६ बर्ष भन्दा तलका बालबालिकाले अभिभावको साथमा हल जानुपर्नेछ।

चलचित्र वितरक तथा सिनेमा हल सञ्चालक गोपालकाजी कायस्थले नयाँ सिनेमाको अभावमा हलमा जान दर्शक इच्छुक नदिएकोमा अब नयाँ सिनेमा रिलिज भएसँगै हलमा दर्शकको भिड लाग्ने विश्वास व्यक्त गरे। असहज परिस्थिती भन्दै अधिकांश निर्माता हच्चिएका बेला शिव श्रेष्ठले चलचित्र प्रदर्शन गरेर शून्यमा झरेका चलचित्र क्षेत्रलाई चलायमान बनाउन लागि परेकोले यो गुन सिनेमा उद्योगले कैले नभुल्ने बताए।

श्रेष्ठलाई सिंगल थिएटरले ५५ प्रतिशत सेयर दिएका छन्।
सामान्य समयमा ५० प्रतिशत सेयर दिँदै आएकोमा कोरोनाका कारण लगानी जोखिमको सम्भावना रहेको भन्दै ५५ प्रतिशत सेयर दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *