दुई दिनदेखि हराईरहेका बुटवल ८ दिपनगरका १० बर्षिय निश्चल तिवारीको शब फेलापरेको छ।
साथीहरुसंग खेल्न भनेर सिद्धेश्वर मावितिर गएका तर नफर्किएपछि उनको खोजी सुरु भएको थियो।
साथिहरुको साथमा गएका निस्चल शनिबार दिउँसो बुटवल–७ वन स्थित भित्र रहेको भनभने खोलामा मृत अवस्थामा भेटिएका हुन।
पौडी खेल्ने क्रममा उनी डुबेपछि अरूसाथीहरु उनलाइ छोडेर आएका थिए। तर डरको कारणले उनका साथिले कसैलै पनि घटना बारे जानकारी गराएका थिएनन।
तर प्रहरीकाे सोधपुछपछि उनी डुबेकाे स्थान पत्ता लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खडक बहादुर खत्रीले न्युज डोकोलाइ जानकारी दिनु भएको छ।






