लेटाङ । मोरङको लेटाङ प्रवेशका सबै नाका सिल गर्दै स्थानीय प्रशासनले हिड्डुल समेत गर्ने नपाइने निर्णय गरेको छ ।
लेटाङ प्रवेश गर्ने क्रम वृद्धि हुँदा उत्तरी मोरङ क्षेत्र बढी जोखिममा पर्ने भन्दै प्रशासनले यस्तो निर्णय गरेको हो ।
बिहीवार राती १२ बजे देखि सुरु प्रतिबन्ध सोमबार राती १२ बजे सम्म लागू हुने छ ।
लेटाङ प्रवेश विन्दुमा आइपुग्ने सवारी साधनहरु प्रवेश विन्दुमा पुग्नुपूर्व सुरक्षा निकायले निगरानीका साथ रोक्ने र आगमनमा बन्द गर्ने नगरपालिकाद्वारा जारी बिज्ञाप्तिमा उल्लेख छ ।
एम्बुलेन्स र औसधिको गाडी बाहेक सबै सवारी साधन बन्द हुनेछन् भने औसधि पसल बाहेक सबै ब्यापार, ब्यवसाय तथा सबै बित्तीय संस्था समेत सबै बन्द हुने छन् ।

मेयर शंकर राईले सकेसम्म अनावश्यक रुपमा भित्रिने क्रम रोक्न यस्तो निर्णय गरिएको बताए ।






