Home / Nepal / News / पहाडी भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा

पहाडी भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ।

देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। दुई दिन अगाडि मनसुन भने नेपालका सबै भू–भागबाट बाहिरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *