लमजुङ : कोभिडविरुद्धको खोप लगाएका एक हजार २६८ जना मध्ये जिल्लामा खोप लगाएका १७ जनामा समस्या देखिएको छ।
कोभिड सम्पर्क व्यक्ति यम बरालका अनुसार समस्या आएकामध्ये मध्यनेपाल नगरपालिकाका एक स्वास्थ्यकर्मी महिला र मर्स्याङ्दी गाउँपालिकाका एक स्वयंसेविकालाई भने अस्पताल भर्ना गर्नुपरेको थियो। स्वयंसेविकालाई जिल्ला अस्पतालमा दुई दिनसम्म भर्ना गरेर राखिएको थियो भने स्वास्थ्यकर्मी महिलालाई चार घण्टापछि अस्पतालबाट डिस्चार्ज गरिएको थियो।
त्यस्तै, त्यस्तै अन्य १५ जनालाई सामान्य ज्वरो, रिँगटा लाग्नेलगायतको लक्षण देखिएको थियो।






