काठमाडौं : गायक तथा सञ्चारकर्मी सरोज कोइराला र गायिका मेलिना राईको स्वरमा ‘भकारीमा धान’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा शब्द तथा संगीत गायक स्वयंकै छ। संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् ।
गीतको भिडियोमा सुधिर श्रेष्ठ र सगुन कोइरालाले नृत्य तथा अभिनय गरेका छन्। सगुनले यही भिडियोमार्फत मोडलिङमा डेब्यू गरेकी छिन्। उनी फेशन डिजाइनकी विद्यार्थी हुन्।
उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्। निर्देशन विधान कार्कीले गरेका हुन् ।
‘नेप्सिने’को प्रोडक्सनमा तयार भएको यो भिडियो ‘दि डिभाइन म्युजिक’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।






