काठमाडौं : सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४, चिरौली चोकमा को८प ४११५ नम्बरको मोटरसाइकल हिजो बेलुका करिब पौने ९ बजे अनियन्त्रित भएर पल्टिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका ३५ वर्षीय हेमन्त उराउको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलसहित चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको जनाइएको छ।






