Home / Society / नाबालकको घाँटी थिची हत्या गरेको अभियोगमा सुनसरीमा एक पक्राउ

नाबालकको घाँटी थिची हत्या गरेको अभियोगमा सुनसरीमा एक पक्राउ

एघार बर्ष अघि नाबालक छोराको घाँटी न्याकी हत्या गरेको अभियोगमा सुनसरीका करिम मिया पक्राउ परेका छन।

माइत बसेकी कान्छी श्रीमती अजिरन खातुनलाइ लिन ससुराली गएका मिँया श्रीमती आउन नमानेपछि चार महिनाको नानी लिएर गएपछि श्रीमती पनि सङसङै जाने क्रममा बाटोमा २०६६ मंसिर २२ गते साँझ श्रीमतीलाइ बेहोस बनाइ छोराछोरीलाइ घाँटी न्याकेर केराबारीमा फालिदिएका थिए।

सोही कारण उनका ३ महिनाको छोरा दिलसाह मियाँको मृत्यू भएको थियो। उनीविरुद्ध श्रीमती अजिरन खातुनले २०६६ मंसिर २३ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन। मिँयालाइ सोमबार प्रहरीले पक्राउ गरेर सार्बजनिक गरेको हो। 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *