Home / Politics / संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण, नयाँ नक्साले पायो औपचारिक मान्यता

संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण, नयाँ नक्साले पायो औपचारिक मान्यता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनबाट पारित भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ आज प्रमाणीकरण गर्नुभएको छ ।

नेपालको संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरणका लागि पेश भएको विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति जारी जानकारी दिनुभएको हो ।

सो विधेयक प्रतिनिधिसभाबाट गत जेठ ३१ गते र राष्ट्रियसभाबाट आज दुई तिहाइ बहुमतबाट पारित भएको थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *