Home / Nepal / News / नेपाली युवा दिवेश पोखरेल बने अमेरिकन आइडलको फर्स्ट रनर अप

नेपाली युवा दिवेश पोखरेल बने अमेरिकन आइडलको फर्स्ट रनर अप

बस्टन : नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडल २०२० मा दोस्रो स्थान हासिल गरेका छन् ।  

आर्थर गन उपनामले चिनिने गायक पोखरेल अमेरिकन आइडलमा यो स्थानमा पुग्ने उनी पहिलो नेपाली मुलका नागरिक हुन्।

सन् १९९७ मा जन्मेका पोखरेल कन्सास राज्यको विचिटामा परिवारसँग बस्छन्। उनी ६ वर्षअघि अमेरिका आएका हुन्।

https://www.facebook.com/123984435600/posts/10163883082100601/

काठमाडौंको एस कलेज इन्स्टिच्युटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए।

कोभिड–१९ का कारण दुई सातादेखि अमेरिकन आइडल घर–घरबाट प्रतिस्पर्धी, जज, संगीतकर्मी, सञ्चालक, प्रशिक्षकलाई जोडेर प्रसारण गरिँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *