Home / Society / आइतबारदेखि देशभर वर्षा हुने , तराईको सबै ठाउँमा बाढी र डुबानको सम्भावना

आइतबारदेखि देशभर वर्षा हुने , तराईको सबै ठाउँमा बाढी र डुबानको सम्भावना


बिराटनगर । वर्षा सुरुभएसँगै बाढी पहिरोबाट धनजनको क्षति बढ्दै गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार साउन ४ गतेदेखि ८ गतेसम्म देशभर सबै ठाउँमा वर्षा हुने सम्भावना रहेको जनाएको छ ।शुक्रबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताइएको हो ।

प्राधिकरणका अनुसारजेठ ३१ यता हालसम्म बाढी तथा पहिरोबाट १०१ जनाको मृत्यु भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा सिन्धुपाल्चोक, कास्की तनहुँ, जाजरकोट, लमजुङ, दैलेखलगायतका जिल्लामा गरी बाढी र पहिरोका कारण १०१ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

यस्तै हालसम्म ५१ जना बेपत्ता भएका छन् भने ४९ जना घाइते भएका छन् ।

वर्षा सामान्यदेखि भारीसम्मको हुने र तराईका अधिकांश स्थानमा बाढी तथा डुबानको समस्या देखिन सक्ने भन्दै सचेत रहन अनुरोध गरेको छ ।

यस्तै पहाडी भेगमा पनि बाढी र पहिरोको समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउन सचेत गराइएको छ ।

साउन ५ देखि ८ गतेसम्म प्रदेश १, २ बागमती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बागमती, बुढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी, तथा तिनका सहायक नदीमा उल्लेख्य मात्रामा जलसतह बढ्नेछ । केही नदीले सतर्कता तह पार गर्नेछ ।

ती प्रदेशका मध्यपहाडी तथा चुरे र तराई भई बग्ने स–साना नदीनालामा साउन ९ सम्म नै आकस्मिक बहावको सम्भावना रहेकाले आवश्यक पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

साउनको ५ देखि ७ गतेसम्म प्रदेश ५ को तिनाउ, पश्चिम राप्ती तथा बबई नदी र यसका सहायक नदी तथा कर्णाली प्रदेशको भेरी, पश्चिम सेती, र यसका सहायक नदीमा समेत बहाव बढ्ने छ ।

केही नदी सतर्कता तह आसपास पुग्नेछ ।

प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका मध्यपहाडी तथा चुरे र तराईबाट बग्ने केही साना नदीनालामा समेत आकस्मिक बहाव आउने सम्भावना रहेको प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिनुभयो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *