Home / Politics / अध्यक्षद्वय ओली र दाहालबीचको छलफल सकियो, निष्कर्ष केही निस्केन

अध्यक्षद्वय ओली र दाहालबीचको छलफल सकियो, निष्कर्ष केही निस्केन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफल सकिएको छ ।

साक्षीसमेत रहेर दुवै पक्षबीच छलफल भएको थियो । बैठक भर्खरै सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठक विनानिष्कर्ष सकिएको छ । भोलि बस्ने स्थायी कमिटी बैठकअघि फेरि छलफल गर्ने बताइएको छ । 

पछिल्लोपल्ट नेकपामा देखिएको विवाद फुटको संघारमा पुगेको छ। दुईजना अध्यक्षबीच देखिएको विवादका कारण स्थायी कमिटीको बैठकसमेत भोलिसम्मका लागि स्थगित भएको छ ।


प्रधानमन्त्री ओलीले दूतावासले आफूलाई हटाउन लागेको र त्यसमा आफ्नै पार्टीका नेताहरुसमेत संलग्न रहेको बताएपछि विवाद थप पेचिलो बनेको थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *