काठमाडौं: नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सम्सद बिगठन पछि नेकपा अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् ।
प्रचण्डलाई भेट्न राजदूत यान्छी उनकै निवास खुमलटार पुगेकी थिइन् । भेटमा यान्छीले नेकपाको पार्टी विवाद , सम्सद बिगठन र त्यस पछिको बिकसित घटना बारेमा चासो र चिन्ता व्यक्त गरेको बताइएको छ।
यान्छीले आफूहरु पार्टी एकता कायमै रहोस् भन्ने पक्षमा रहेको र सम्भव भएसम्म अझै पनि पार्टी एकता जोगाएर जान सुझाव दिएकी प्रचण्ड निकट श्रोतले जनाएको ।
दुई दिनअघि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेकी यान्छीले नेकपा विवाद विभाजनतर्फ उन्मुख हुँदा सक्रियता बढाएकी छन् ।






