Home / Politics / `ओली प्रवृत्ति नभनौँ, केपी प्रवृत्ति भनौँ´

`ओली प्रवृत्ति नभनौँ, केपी प्रवृत्ति भनौँ´

काठमाडौं : नेकपा माओवादी केन्द्रीय कमिटीको आज बसेको बैठकमा समूहगत छलफलगर्दा केन्द्रीय सदस्य दीपेन्द्र पुनले ‘ओली प्रवृत्ति’ नभनी ‘केपी प्रवृत्ति’ भन्नुपर्नेमा जोड दिएका छन्।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा उनले यस्तो बताएका हुन्। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सन्दर्भमा उनको यस्तो भनाइ आएको हो।

राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलमा उनी लुम्बिनी प्रदेश समूहमा थिए। लुम्बिनी प्रदेशमा ओली समुदायको बाहुल्यता रहेको र ओली प्रवृत्ति भन्दा त्यो समुदायलाई भड्काउने किसिमको हुने उनको भनाइ थियो।

आइतबार को सुझाव सुनाउने क्रममा लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले पुनको भनाइ जानकारी गराइन्। “ओली प्रवृत्ति नभनौँ, केपी प्रवृत्ति भनौँ। लुम्बिनी प्रदेशमा ओली समुदायको बाहुल्यता छ, ओली प्रवृत्ति भन्दा त्यो समुदायलाई नै भड्काउने भयो। हाम्रै पार्टीमा यो समुदाय ठूलो छ। त्यसैले केपी भनौँ, ओली प्रवृत्ति नभनौँ,” पुनको भनाइ उद्धृत गर्दै घर्तीले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *