लेटाङ । मोरङको चिसाङ खोला लेटाङको किर्तिमानमा पस्दा पुरै बस्ती जोखिममा परेको छ ।
बाढीको कटानले लेटाङको वार्ड नं. ३ को किर्तिमान तथा कमलपुर उच्च जोखिममा परेकोले स्थानीयलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण थालिएको लेटाङ नगरपालिकाका मेयर शंकर राईले जानकारी दिए ।
क्षति पुर्याएको स्थानमा इलाका प्रहरी कार्यालय लेटाङको टोली परिचालन गरी तथ्याङ्क सङ्कलन तथा अवस्था अध्ययन भइरहेको जनाइएको छ ।
जोखिम क्षेत्रमा क्षति न्युनिकरणको निम्ती सशस्त्र प्रहरी, नेपाली सेना तथा नेपाल प्रहरी अहिले खटिएको मेयर राईले जानकारी दिए ।
यस अघि, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार लेटाङ भएर बग्ने चिसाङले यस अघि कानेपोखरीमा क्षति पु¥याएको थियो ।
केहि दिन अघि चिसाङकै बाढीका कारण कानेपोखरी–५ को दुखीटोलका सात घर जोखिममा परेका थिए ।
खोलाले कटान सुरु गरेपछि सात घर परिवारका ३२ जनालाई स्थानीय भन्सावारी प्राविमा सारिएको थियो ।
खोलाले कानेपोखरीमा दुई बिघा क्षेत्रफलको जमिन कटान गरेको थियो । ।






