Home / World News / इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता द्वारा हैदराबादमाथी जित

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता द्वारा हैदराबादमाथी जित

अबुधाबी: अन्तरगत गए राती भएको सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्सको खेलमा कोलकाता नाइटले जित हासिल गरेको छ।

अबुधाबी स्थित शेखजायद रंगशालामा भएको खेलमा शुभमन गिलको अर्धशतकको सहायताले कोलकाता नाइटले ७ विकेटले विजयी भएको हो। टस हारेर बलिङ सुरु गरेको कोलाकाताले निर्धारित २० ओभरमा १४२मा सबै विकेट लिएको थियो।

१४३ रनको सानो लक्ष्य बोकेको कोलकाताले १८ ओभरमा मात्र ३ विकेट गुमाउँदै पुर्याएको थियो।कोलकाताका शुभमन गिलले सर्बाधिक ७० रन जोडेका थिए उनले ६२ बलमा २ छक्का र ५ चौकाको मद्दतमा नटआउट रहेका थिए।

त्यस्तै इओन मार्गानले ४२ तथा नितिश रानाले २६ रन बनाएका थिए।यसअघि ब्याटिङ गरेको हैदराबादका लागि मनिश पान्डेले ५१ रन बनाए भने कप्तान डेभिड वार्नरले ३६ रन र रिद्धिमन साहले ३० रन बनाएका थिए।

अन्य ब्याटस्मेनले खासै योगदान दिन सकेनन अन्ततः कोलकाताले परिणाम आफ्नो पोल्टामा हाल्यो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *