Home / Nepal / News / एकैदिनमा काठमाडौं उपत्यकामा एक हजार ६१५ कोरोना संक्रमित थपिए

एकैदिनमा काठमाडौं उपत्यकामा एक हजार ६१५ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६१५ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ७०४ महिला र ९११ पुरुष रहेका छन् । 

काठमाडौंमा मात्र हालसम्म १६ हजार ५२१ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २०९ जनाको मृत्यु भएको छ । 

त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार ७५ जना सक्रिय संक्रमित रहेका छन् भने ६१ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार ४७० सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ५८ जनाको संक्रमणबाट मृत्यु भएको छ । 

काठमाडौंमा २० हजार ५०१ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७१९ र ललितपुरमा दुई हजार ३६३ जना होम आइसोलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *