काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज भक्तपुरमा ३ जना, काठमाडौंमा २ र ललितपुरमा १ गरि कुल ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भक्तपुरमा १ महिला र २ पुरुष तथा काठमाडौँमा १ पुरुष र १ महिला,र ललितपुरमा १ गरी कुल ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो ।
देशभर पछिल्लो २४ घण्टामा थप ६७१ जनामा संक्रमण पुष्टि भएको छ । जस मध्ये ८० महिला र जना ५९१ पुरुष रहेका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म १ हजार १ सय ८६ जना डिस्चार्ज भएका छन् ।
हालसम्म ७४ जिल्लामा संक्रमण पुगेको छ ।






