Home / Sports / आइपिएलमा दिल्लीले पहिले ब्याटिङ गर्ने, सन्दीप टोलीमा परेनन्

आइपिएलमा दिल्लीले पहिले ब्याटिङ गर्ने, सन्दीप टोलीमा परेनन्

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले पहिले ब्याटिङ गर्ने भएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेलमा दिल्लीले पहिले ब्याटिङ गर्ने भएको हो । 

किङ्‌स इलेभेन पन्जाबले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । दुबै टोली पहिलो जित निकाल्दै सिजनमा सुखद सुवात गर्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

यता नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने भने दिल्लीको टोलीमा अटाएका छैनन् । लगातार तेस्रो सिजन आईपीएल खेल्न लागेका सन्दीपलाई सिजनको पहिलो खेलमा दिल्लीले प्लेइङ सेटमा राखेको छैन । 

सन्दीप वेष्ट इण्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) बाट आईपीएलका लागि सिधै युएई पुगेका थिए । सीपीएलमा राम्रो प्रदर्शन गरेका सन्दीपले १० खेल १२ विकेट लिएका थिए । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *