काठमाडौं । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल्स च्यालेन्जर्स बंगलोरले मुम्बई इन्डियन्सलाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ ।
शेख ज्यायद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनायो । बैंगलोरका लागि देबदक्त पाडिकलले अर्धशतकीय पारी खेले ।
४५ बल खेलेका पाडिकलले १२ चौका र १ छक्काको सहयोगमा ७४ रन बनाउन सफल भए । त्यस्तै जोस फिलिप्पेले ३३ रन बनाउँदा वासिन्टन सुन्दर बलिङतर्फ मुम्बईका लागि जस्प्रित भुम्राहाले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले १४ रन खर्चेर एक मेडन ओभर पनि फलेका थिए ।
योसँगै भुम्राहाले आईपीएलमा १०० विकेट पूरा गरेका छन् । मुम्बईका लागि टे«न्ट बोल्ट, राहुल चहार र किरन पोलार्डले समान एक–एक विकेट लिए ।
आजको खेलमा दुबै टोलीलाई जितको आवश्यक्ता छ । आजको खेलमा जित निकाल्ने टोली प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउने छ । ११ खेल खेलेको मुम्बई १४ अंकका साथ शीर्ष स्थानमा छ । समान अंक भएको बैंगलोर दोस्रो स्थानमा रहेको छ ।






