काठमाडौं । बुधबारदेखि नेपाली दर्शकले इन्डियन प्रिमियर लिग (आईपीएल) हेर्न पाउने भएका छन् । स्टार इन्डिया नेटवर्कले तीनवटा च्यानल क्लिन फिडमा उपलब्ध गराउन थालेपछि नेपालका सबै टेलिभिजन प्रदायकका ग्राहकले आईपीएल हेर्न पाउने भएका हुन् ।
नेपालमा क्लिन फिड लागु भएपछि कात्तिक ८ गते देखि विज्ञापन बज्ने विदेशी च्यानलको प्रशारण रोकिएको थियो ।
डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले अस्थायी समाधान खोजेर स्टार इन्डियाले ती च्यानल पठाएको जानकारी दिए । उनले विस्तारै स्थायी रुपमा क्लिन फिडसहितको च्यानल उपलब्ध गराउन आफूहरु लागि परेको बताए ।
स्टार इन्डियाले आईपी (इन्टरनेट प्रोटोकल)मा आधारित प्रविधिमार्फत् क्लिन फिडसहितको च्यानल पठाएको हो ।






