Home / World News / भारतमा पछिल्लो चौबीस घण्टामा कोरोनाबाट एक सय ३२ जनाको मृत्यु

भारतमा पछिल्लो चौबीस घण्टामा कोरोनाबाट एक सय ३२ जनाको मृत्यु

नयाँदिल्ली । भारतमा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको संक्रमणबाट एक सय ३२ जनाको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय विभिन्‍न सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म तीन हजार चार सय ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या एक लाख १२ हजार ३५९ पुगेको छ ।

भारतमा गएको चौबीस घण्टामा पाँच हजार ६०९ नयाँ संक्रमित थपिएका छन् ।  

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *