Home / Society / अस्पतालले तलब दिन नसक्ने भन्दै निकाला गरेपछि कर्मचारीले गरे आत्महत्याको प्रयास

अस्पतालले तलब दिन नसक्ने भन्दै निकाला गरेपछि कर्मचारीले गरे आत्महत्याको प्रयास

काठमाडौं । अछामको बयालपाटा अस्पतालमा कार्यरत एक कर्मचारीले आफ्नै जिउमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् ।

जागिरबाट निकालीएपछि साँफेबगर नगरपालिका ६ भागेश्वरका २७ वर्षका सिद्धार्थ आउजीले सोमबार अस्पताल परीशरमै आफ्नो जिउमा पेट्रोल छर्केर आगो लगाएका हुन् । आउजी अस्पतालमा सरसफाइ कर्मचारी थिए ।

कर्मचारीलाई तलब दिन नसक्ने अवस्था रहेको जनाउदै अपतालले आउजीसहित ३२ जना कर्मचारीलाई जागिरबाट हटाएको थियो ।

गम्भीर अवस्थामा रहेका आउजीलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *