एजेन्सी । हलिउड निर्माता स्टीव बिंगले आत्महत्या गरेका छन् । ५५ वर्षिय स्टीवले २७ तल्लामाथिबाट हामफालेर आत्महत्या गरेका हुन् ।
उनले सोमबार दिँउसो आफू बसिरहेकै अर्पाटमेन्टबाट हाम फालेर आत्महत्या गरेको थिए ।
स्टीव कोरोना भाइरसको उपचारार्थ आइसोलेशनमा बसिरहेका थिए । जसका कारण उनी निराश थिए ।
लस एन्जलस स्थिती सेन्चुरी सिटीको लक्जरियस अपार्टमेन्टमा बसिरहेका उनले सोही अपार्टमेन्टबाट हामफालेर आत्महत्या गरेका हुन् । उनले घटनास्थलमै ज्यान गएको थियो ।
स्टीवले हजुरबुबाको ६०० मिलियन डलरको बिजनेस पाएका थिए । जसका कारण उनको परिचय निर्मातासँगै व्यापारी पनि हो । स्टीवले ‘गेट कार्टर’, ‘एवरी ब्रेथ’, ‘द पोलर एक्सप्रेस’ लगायतका चलचित्र निर्माण गरेका छन् ।






