काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबारका लागि छापावाल सुनको मुल्य तोलाको ९४ हजार ९ सय कायम गरेको छ। हिजो सोमबार तोलाको ९५ हजार २ सय तोकिएको थियो। तोलामा ३ सय रुपैयाँले सुनको भाउ घटेको हो।
यस्तै तेजावी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले नै घटेर ९४ हजार ४ सय कायम गरिएको छ।
चाँदी पनि तोलामा ५ रुपैयाँले सस्तिएको छ। महासंघले आजका लागि चाँदीको भाउ तोलाको १३ सय १५ रुपैयाँ कायम गरेको छ। हिजो तोलाको १३ सय २० थियो।






