काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र मंगलबारदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज ६० देखि ६४ वर्ष उमेरका व्यक्तिलाई दिइने भएको छ। खोप लगाउने समय बिहान १० देखि अपराह्न ४ बजेसम्म निर्धारण गरिएको छ।
यही जेठ २९ गतेसम्म भेरोसेलको पहिलो डोज लगाइने महानगरपालिकाले जनाएको छ। खोप लगाउनका लागि उमेर खुल्ने परिचयपत्र अनिवार्य गरिएको छ। आफूलाई पायक पर्ने वडा कार्यालयमा गएर खोप लगाउन सकिनेछ।
भेरोसेलको पहिलो डोज लगाइसकेकालाई अहिले तत्काल दोस्रो डोज दिइने छैन। कोरोना संक्रमण भएका व्यक्तिले एक महिना पूरा भएपछि मात्रै यो खोप लगाउन पाउने महानगरले जनाएको छ।






