Home / Nepal / News / भक्तपुर, सर्लाही कैलाली र काभ्रेमा चारजना मृत अवस्थामा फेला

भक्तपुर, सर्लाही कैलाली र काभ्रेमा चारजना मृत अवस्थामा फेला

काठमाडौं : भक्तपुर, सर्लाही कैलाली र काभ्रेमा चारजना मृत अवस्थामा फेला परेका छन्।

भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालस्थित ठूली ब्रम्हायणी मन्दिरमा सोही पाटीबाहिर बस्दै आएका हाल घर र उमेर नखुलेको शंकर दास मृत अवस्थामा फेला परेका छन्।

सर्लाहीको गोडैता नगरपालिका–१, बहादुरपुरस्थित लखनदेही खोलाको किनारमा हाल नाम, थर, घर नखुलेका करिब ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

कैलालीको गौरीगंगा नगरपालिका–२, महुन्याल टोल जब्दास्थित गोठको आँगनमा सोही ठाउँ बस्ने ७० वर्षीय रङ्गे औजी मृत अवस्थामा फेला परेका छन्।

काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–७, मादनकुडारीस्थित खार्पा भिरको बाटोदेखि करिब ५० मिटर तल चौरीदेउराली–५, ढोकेडाँडा बस्ने ५९ वर्षीय नरहरि गौतम मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *