Home / Nepal / किताबको झोलासँगै तरकारी बोकेर हुर्केका कृषकको सफलताको कथा

किताबको झोलासँगै तरकारी बोकेर हुर्केका कृषकको सफलताको कथा

स्याङ्जा । देश लकडाउनमा रहिरहेको बेला आम मानिसहरु कसरी दिन कटाउने होला भनी सोचिरहेका छन् तर गल्याङ नगरपालिका २ बौटुकका कृषक नारायण भण्डारीलाई भने आफ्नो उत्पादित तरकारीहरु कसरी ताजा र समयमै उपभोक्ताझ पुर्याउन सकिन्छ भन्ने धेयले भ्याईनभ्याई नै छ ।

आफ्ना बुबाको पुख्र्यौली पेशालाई व्यवस्थित र व्यवसायिक रुपले अगाडि बढाइरहेका भण्डारी बिस बर्षको व्यवसायिक कृषि पेसामा राज्यको अनुदान कस्तो हुन्छ भन्ने स्वाद समेत चाख्न नपाएको अनुभव छ ।


तरकारी बजारबाट किनेर लागेहरु राज्यको कृषि अनुदानको लिस्टमा पर्ने गरेको देशमा असली कृषकले राज्यले कृषि क्षेत्रमा छुट्टाएको बजेट भाषण भन्दा अन्य स्वाद चाख्न पाएका छैनन् ।

बुवा श्यामलाल भण्डारी र आमा गोमादेबि भण्डारीले यहीँ कृषि क्षेत्रमा काम गरेर दश जना छोरीलाई पढाई लेखाइ गराएको अनुभव सुनाउदै बुवाको मृत्यु पश्यात आफुले उक्त पेसा सम्हाल्दै आएको माइला छोरा नारायण भण्डारी ।

घरदेखी करिब तीन किलोमीटरको दुरीमा बजार भएको र त्यहीँ बजारमा पढ्न जानुपर्ने हुँदा किताबको झोलासंगै तरकारीका बोरा बोकेको अनुभव सुनाउछन् उनी ।

“बुवाले यहीँ तरकारी खेती गरेर हामी दश जना दाजुभाइ दिदिबहिनीलाई हुर्काउनु भयो । बुबाको मृत्युभएको ११ बर्ष भयो मैले पनि बुबाले सिकाएको पेसा अङगाल्दै आएको छु”
गल्याङ नगरपालिका दुई बौटुकमा कृषि पेसा गर्दै आएका भण्डारी पछिल्लो समय व्यवसाय संगै बिहान बेलुका कृषि मा आबद्ध भएका छन् ।

सो ठाउँमा बास्ती एक्लो भएका कारण कसैको प्रोत्साहन नपाएपछि बजारमै बसेर अन्य काम सहित बिहान बेलुकाको समयलाई कृषि क्षेत्रमा लगानी गरेका भण्डारीले बिदेशमा मनग्ये आम्दानी हुने ठानेर वैदेशिक रोजगारको लागी मलेसिया पुगी तीन बर्ष पछि स्वदेशमै फर्किएर अन्य जागीर सहित कृषि क्षेत्र तिर लाग्नु भएको हो ।

बिदेशी भुमिमा गर्ने मिहिनेत नेपालमै गर्न सके मनग्ये आम्दानी हुने भण्डारीको अनुभव छ ।


हाल गल्याङ अपसेट प्रेस मा प्रबन्ध निर्देशकको रुपमा कार्यरत भण्डारीले करिब छ रोपनी जग्गामा कृषि गरी बिहान बेलुकाको समय सदुपयोग गरेर तरकारी खेती गरेका छन् ।

पुख्यौली देखी बुवाले देखाएको बाटो छोड्न नसकेर दिउँसोको समयमा जागीर गरेपनि बिहान बेलुको समयलाई सदुपयोग गरी तरकारी खेती गरेको उनकोे भनाई छ ।

राज्यले अरबौँ रुपैयाँ कृषिको लागि छुट्टएको समयमा साच्चिकै कृषिमा लागी परेका भण्डारी दैनिक तरकारी बिक्रि गरी आत्मनिर्भर कृषक हुन सफल भएका छन् ।

प्रस्तुति : हिमाल न्यौपाने

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *