Home / Society / पहिरोको कारण बिहिबार बिहानैबाट मध्यपहाडी लोकमार्ग अबरोध

पहिरोको कारण बिहिबार बिहानैबाट मध्यपहाडी लोकमार्ग अबरोध

सिन्धुली : मध्य पहाडी लोकमार्गको खुर्कोट–घुर्मी सडकखण्डको सिन्धुली अन्तरगत सिन्धुलीको गोलन्जोर गाँउपालिकाको अक्करे भीरमा फेरि पहिरो खस्दा बिहीबार बिहानबाट यातायात अवरुद्ध भएको छ ।

बुधबार रातिको वर्षाले अक्करे भीरमा थप पहिरो खसेर सडक अवरुद्ध बनेको सिन्धुली प्रहरीले जनाएको छ। उक्त स्थानमा यसअघि पनि पहिरो खसेर दुई दिनअघि मात्र यातायात संचालनमा आएको थियो ।

उक्त स्थानमा करिब तीन सय मिटर भन्दा बढी स्थानमा पहिरो गएकोले तत्काल यातायात सुरुगर्न कठिनाइ रहेको सिन्धुली प्रहरी ले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *