Home / Nepal / News / अतिक्रमित कालापानीसहितको भूमि फिर्ताको माग गर्दै डा. केसीको सत्याग्रह सुरु

अतिक्रमित कालापानीसहितको भूमि फिर्ताको माग गर्दै डा. केसीको सत्याग्रह सुरु

दार्चुला । भारतले मिचेको नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका भुमी फिर्ताको माग राख्दै डा. गोविन्द केसीले दार्चुलामा दुई दिने सत्याग्रह सुरु गरेका छन् ।

मंगलबार विहान १० बजे महाकाली नगरपालिका‐५ गल्फै स्थित जगन्नाथ मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै डा. केसीले भारतले मिचेको नेपाली भुमिको फिर्ता र गर्ने प्रक्रिया तत्काल सुरु गर्नु पर्ने, गण्डकी प्रदेशल गायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाइनु पर्ने, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउनु पर्ने, कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गर्नु पर्ने साथै विगतका सत्याग्रहका मागहरू पुरा गर्नु पर्ने माग राख्दै अनसन सुरु गरेका हुन् ।

डा. केसीले दार्चुला तथा अन्य सीमा क्षेत्र लगायत देशभरीका बासिन्दाका लागि यातायातमा सहज पहुँच पुर्याउनु पर्ने साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गर्नु पर्ने सरकार संग माग राख्दै १८ औ पटक अनसन बसेका छन् ।

सिमा क्षेत्र लगायत सबै नागरिकहरुको समृद्धी, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँच लागि आफूले दुई दिने अनसन सुरु गरेको उहाले बताउनुभयो ।

डा. केसी दुई महिना डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा गरेर बझाङ, बैतडी हुँदै दार्चुला पुगेका हुन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *