Home / Nepal / News / चितवनमा आगलागीहुदा ४५ लाख बराबरको क्षति

चितवनमा आगलागीहुदा ४५ लाख बराबरको क्षति

चितवन : चितवनको भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार आगलागीबाट करीब ४५ लाख बराबरको फर्निचर र काठ जलेर नष्ट भएको छ। विद्युत् चुहावट भएर आगलागी भएको उनले जानकारी दिए।

भरतपुर महानगरपालिकाको दुई र खैरहनी नगरपालिकाको एक दमकलसँगै स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका छन्।

राति ११ः१० बजे लागेको आगो १२ः३५ मा नियन्त्रणमा आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *