Home / Nepal / News / सुदूरपश्‍चिममा कोरोना संक्रमितको संख्या चार हजार २ सय ६६ पुग्यो

सुदूरपश्‍चिममा कोरोना संक्रमितको संख्या चार हजार २ सय ६६ पुग्यो

corona recover children

काठमाडौं । सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार २ सय ६६ पुगेको छ । हिजो नौजना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार २ सय ६६ पुगेको हो ।

हालसम्म ३ हजार ८  जना डिस्चार्ज भएका छन् । संक्रमितमा सबैभन्दा बढी कैलालीका मात्रै ११ सय ६ जना छन् ।

यस्तै अछाममा ६६७, बैतडीमा ३०९, बझाङमा १७४, बाजुरामा ४४९, डडेलधुरामा ३०१ दार्चुलामा २२, डोटीमा ७१५ र कञ्‍चनपुरमा ५२३ जनामा संक्रमण देखिएको छ ।

प्रदेशभर २ हजार ८ सय ७२ जना अझै क्‍वारेन्टिनमै रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *