Home / Nepal / News / नेपालमा कोरोनाका २२४ जना नयाँ सङ्क्रमित थपिए, कुल संख्या १९ हजार ७७१ पुग्यो

नेपालमा कोरोनाका २२४ जना नयाँ सङ्क्रमित थपिए, कुल संख्या १९ हजार ७७१ पुग्यो

काठमाडौं । कोरोनाभाइरसका २२४ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल संख्या १९ हजार ७७१ पुगेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल पाँच हजार ३१६ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार ७६८ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल क्वारेन्टिनमा १२ हजार १११ जना आशंकित छन् ।

पछिल्लो चौबीस घण्टामा १५१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *