Home / Nepal / News / पछिल्लो २४ घण्टामा कोरोना संक्रमण ३२३ जनामा देखियो, ३२ सय नाघे संक्रमित

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण ३२३ जनामा देखियो, ३२ सय नाघे संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण ३२३ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्मा आज मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण ३२३ जनामा देखिएको बताए ।

उनले कोरोना भाइरसको संक्रमण देखिएकामा २८६ जना पुरुष र ३७ जना महिला रहेको जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना निको भएर ३२ जना घर फर्किएका छन् । कुल कोरोना निको हुनेको संख्या ३६५ जना पुगेकाे बताए ।

हालसम्म कोरोना भाइरसको आंशकामा पीसीआर विधिबाट ९२ हजार ४७७ वटा नमुना संकलन गरेर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १११ वटा नमुना संकलन गरेर परीक्षण गरिएको मन्त्रालयको भनाइ छ । हाल सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा १ लाख ६८ हजार ३८ जना रहेका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *