Home / Health / कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं ।  कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले एक विज्ञप्ति जारी गर्दै ललितपुरका दुई र भक्तपुरका एक जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको हो । 

ललितपुरस्थित मेघा अस्पतालमा उपचाररत कोरोना संक्रमित ७० वर्षीया महिलाको बिहीबार बेलुका मृत्यु भएको छ । ती महिला असोज ६ गते अस्पताल भर्ना भएकी थिइन् ।

यसैगरी, ललितपुरकै  ७२ वर्षीया कोरोना संक्रमित पुरुषको बयोदा अस्पतालमा बिहीबार मृत्यु भएको छ । 

भक्तपुरका ७३ वर्षीया  कोरोना संक्रमित पुरुषको मेघा अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको छ  । ती पुरुष गत असोज ५ गते अस्पताल भर्ना भएका थिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *