Home / Society / काठमाडौं भित्रिने २४ जनामा कोरोना संक्रमण देखियो

काठमाडौं भित्रिने २४ जनामा कोरोना संक्रमण देखियो

काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्रिने आठ हजार  ४०१ जनाको नमुना संकलन गरी ३ हजार ४ सय ७३ जनाको नमुना परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमित भेटिएका जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले तीन हजार ४७३ जनाको  नमुना संकलन गरेर परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । 

उनका भने,“ विभिन्न जिल्लाबाट काठमाडौं भित्रने आठ ४०१ जनाको नमुना संकलन गरिएकोमध्येबाट ३ हजार ४ सय ७३ जनाका नतिजा परिक्षण गरिएकोमा २४ जनामा कोरोना संक्रमण देखिएको छ ।”

उनका अनुसार साँगा दुई हजार ४०९,फर्पिबाट एक हजार २८२ थानकोटबाट चार हजार ७१० जना गरी आठ ४०१ जनाको नमुना संकलन गरिएको थियो । 

मन्त्रालयले पहिलो चरणमा १० हजारको कोरोना परीक्षण गर्नेछ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *