धनगढी : सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ।
ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमुना परीक्षण गराउँदा सभामुख थापालाई कोराना सङ्क्रमणको पुष्टि भएको उनका स्वकीय सचिव कवीन्द्र रोकायाले जानकारी दिए।
सभामुख थापा धनगढीस्थित आफ्नै निवासमा होमआइसोलेसनमा बसेका छन्।






