काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड– १९) संक्रमित भएर मृत्यु हुनेको संख्या २० पुगेको छ ।
पछिल्लोपटक बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ की ४६ वर्षीया महिला नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मिर्गौलाको समस्याका कारण अस्पताल भर्ना भएकी ती महिलाको कोभिड- १९ परीक्षण गर्दा पोजेटिभ नतिजा आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनको मृत्युपश्चात नतिजा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।






