Home / Nepal / News / नेपालमा ३१४ संक्रमित थपिए, संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

नेपालमा ३१४ संक्रमित थपिए, संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसका ३१४ संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्‍वर गौतमले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३१४ कोरोना भाइरस संक्रमित थपिएका हुन् । 

नयाँ कोरोना संक्रमितमध्ये २९४ पुरुष रहेका छन् भने २०  महिला रहेका छन् । 

कुल कोरोना संक्रमतिको संख्या ३ हजार ७६२ पुगेको उनले बताए ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

हालसम्म देशभरका  विभिन्‍न अस्पतालबाट ४८८ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । 

हालसम्म देशभर एक लाख ५६ हजार ९९१ को आरडीटी परीक्षण गरिएको छ भने पीसीआर विधिबाट एक लाख ९७१ जनाको कोरोना परीक्षण गरिएको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *