Home / Nepal / News / कोरोनाको कारण काठमाडौं, वीरगन्ज र विराटनगरमा गरि तीन जनाको मृत्यु

कोरोनाको कारण काठमाडौं, वीरगन्ज र विराटनगरमा गरि तीन जनाको मृत्यु

काठमाडौं । कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ७३ पुगेको छ । पछिल्लोपटक काठमाडौंमा १, वीरगन्जमा १ र विराटनगरमा १ जनाको मृत्यु भएको छ ।

काठमाडौं टोखाकी एक महिलाको उपचारकै क्रममा शुक्रबार पाटन अस्पतालमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वीरगन्ज र मोरङका दुई व्यक्तिको पनि मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका छपकैया ३ का ७४ वर्षका पुरुषको गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोरङको विराटनगर महानगरपालिकाका ९ का ५८ वर्षका पुरुषको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *