Home / Nepal / पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा ६ महिला र ६ पुरुष रहेका छन् । 

मृत्यु हुनेमा चितवनका ५५ र १८ वर्षीया महिला, काठमाडौंका ८९ वर्षीया, ललितपुरका ७० वर्षीया, तनहुँका २० वर्षीया, कपिलवस्तुका ६० वर्षीया महिलाहरु रहेका छन् । 

त्यसैगरी  बाराका ९७ वर्षीय, चितवनका ६५  वर्षीय, भक्तपुरका ४० वर्षीय, काठमाडौंका ७० र ७५ वर्षीय र धादिङका ४७ वर्षीय पुरुषहरुको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *