काठमाडौं : स्ट्यान्डअप कमेडी शो कमडी च्याम्पियन सिजन–२ का प्रतिस्पर्धी भरतमणि पौडेललाई छ लाख रुपैयाँ राशीको पुरस्कार घोषणा गरिएको छ। पौडेललाई गृह जिल्ला ताप्लेजुङका सांसद् योगेश भट्टराईको संयोजनमा उक्त पुरस्कार घोषणा गरिएको हो।
भट्टराईले व्यक्तिगत रुपमा एकलाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले दुई लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले दुई लाख तथा रेडियो तमोरको तर्फबाट एकलाख रुपैयाँ गरी छ लाखको पुरस्कार घोषणा गरिएको हो। उक्त पुरस्कार पौडेलको च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिने जनाइएको छ।
ताप्लेजुङका कलाकार पौडेल अहिले कमेडी च्याम्पियनको टप ६ मा प्रतिस्पर्धारत छन्। जिल्लाको उदाउँदो कलाकारलाई प्रोत्साहनस्वरुपे पुरस्कार घोषणा गरिएको सांसद भट्टराईले बताएका छन्।






