सिन्धुपाल्चोक: निरन्तर वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे-७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा परि ३ जनाको मृत्युु भएको छ भने २८ जना अझै बेपत्ता रहेका छन।
पहिरोमा परि मृत्यु हुनेहरुमा नागपुजेकी ६५ भक्तिमाया श्रेष्ठ, भिरखर्ककी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार कार्य गरीरहेका छ्न।





