Home / Nepal / कोरोना संक्रमणका कारण काभ्रे पोस्टका सम्पादक बिष्णु चौलागाईंको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रे पोस्टका सम्पादक बिष्णु चौलागाईंको मृत्यु

काठमाडौं: कोरोना भाइरसको संक्रमणका कारण काभ्रे पोस्टका सम्पादक विष्णु चौलागाईंको आज ( शुक्रबार ) बिहान ४ बजे निधन भएको छ।

कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाइ १५ दिनअघि चाबहिल स्थित ओम अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल भर्ना भएका चौलागाईंको उपचारकै क्रममा निधन भएको हो।

कोरोना संक्रमणपछि चौलागाईंको फोक्सोमा समस्या देखिएको थियो। दोश्रो पटक कोरोना परिक्षणमा रिपोर्ट नेगेटिभ देखिए पनि फोक्सोमा रहेको समस्याका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *