Home / Nepal / मासको दाल किलोको २७१ रुपैयाँमा बेचेपछि बिगमार्टलाई ३ लाख जरिवाना

मासको दाल किलोको २७१ रुपैयाँमा बेचेपछि बिगमार्टलाई ३ लाख जरिवाना

काठमाडौं । लकडाउनको समयमा महँगोमा मासको दाल बिक्री गरेपछि बिगमार्टलाई कारवाही गरिएको छ ।

काठमाडौंको हात्तीगौंडामा रहेको बिगमार्टको आउटलेटलाई वाणिज्य, आपूर्ति तथ उपभोक्ता संरक्षण विभागले मासको दाल प्रतिकिलो २७१ रुपैयाँमा बेचेका कारण कारबाही गरेको हो ।

विभागका अनुसार बिगमार्टलाई उपभोक्ता संरक्षण ऐनको दफा १६ ९२० बमोजिम ३ लाख रुपैयाँ जरिवाना तिराइएको छ ।

सो दफामा अनुचित काम गर्ने सूचीमा बढी मूल्यलाई अनुचित भनिएको छ ।

त्यसो गर्नेलाई अनुगमनकर्ताले २ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म तत्कालै जरिवाना गराउन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *