एजेन्सी: शुक्रबार राती युइएफए (UEFA) च्याम्पियन लिग अन्तरगत बायर्नले उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोनालाइ ८-२ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो।
पहिलो हाफमै ४ गोल गरेको बायर्नका लागि थोमस मुलर र फिलिपे कोउटिन्होले २/२ गोल गरेका थिए।
जोशुआ किम्मिच, सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, र इभान पेरिसिचले १-१ गोल गरे पछि बायनरको सेमि फाइनल यात्रा पक्का भएको हो।
बार्सिलोनाका लागि लुइस सुआरेजले एक गोल गर्दा अर्को गोल डेविड अलाबाको आत्मघाती गोल थियो।
हार सङै बार्सिलोनाको च्याम्पियन लिगको उपाधी उचाल्ने सपना चकनाचुर भएको छ।






