काठमाडौं । मरेका कुखुराको मासु बिक्री गरेको आरोपमा बिएण्डबी मीट मार्टका सञ्चालक पक्राउ परेका छन् ।
प्रहरीले काठमाडौं महानगरपालिका ३१ प्रयाग मार्गस्थित बिएण्ड बी मीट मार्टका सञ्चालक काभ्रे पनौती नगरपालिका १० घर भएका ३३ वर्षीय कृष्णचरण गोछेलाई पक्राउ गरेको हो ।
मासु पसलमा एक हजार किलोग्राम मरेका कुखुरा बिक्रीको लागि राखिएको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले गोछेलाई नियन्त्रणमा लिएको हो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिको उपस्थितिमा उक्त मासु खाल्डोमा पुरेर नष्ट गरिएको छ ।






