Home / Nepal / News / अनलाइन गायन तथा नृत्य प्रतियोगिताका विजयीलाई प्रमाणपत्र प्रदान

अनलाइन गायन तथा नृत्य प्रतियोगिताका विजयीलाई प्रमाणपत्र प्रदान

काठमाडौं : अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले अनलाइन गायन तथा नृत्य प्रतियोगिता २०२० का विजयीहरुलाई ट्रफि तथा प्रमाणपत्र प्रदान गरेको छ।

इनास नेपाल च्याप्टरको समन्वयमा इनास ग्लोबलले शनिवार काठमाडौँमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा ट्रफि तथा प्रमाणपत्र प्रदान गरिएको हो।

इनास ग्लोबलले आयोजना गरेको प्रतियोगितामा गायनतर्फ राजेश लामा प्रथम, शान्ति राई दोश्रो र डा. विजय गुरुङ तेश्रो भएका थिए। त्यस्तै नृत्यतर्फ पूर्ण लामा प्रथम, शेखर घर्तिमगर दोश्रो र सविता मगरले तेश्रो स्थान हाँसिल गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा इनास ग्लोबलका अध्यक्ष कमला दाहाल, इनास नेपाल च्याप्टरका सल्लाहकार तथा चलचित्र निर्माता संघका अध्यक्ष आकास अधिकारी, इनास ग्लोबलका उपाध्यक्ष अर्जुन काफ्ले, सल्लाहकार लक्ष्मण लम्साल र इनास नेपाल च्याप्टरका संयोजक दयाराम पाण्डेले शुभकामनाका साथ ट्रफि र प्रमाणपत्र प्रदान गरे।

प्रतियोगिताको गायनतर्फ मीरा राणा, मधु क्षेत्री, सुवास सुन्दास, प्रदिप बम्जन र शर्मिला बर्देवा निर्णायक थिए भने नृत्यतर्फ राजु शाह, कविराज गहतराज, सरिता हुमागाइँ, जगत खड्का, रामजी लामिछाने र पवित्रा आचार्यले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *